नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: उदयपुरमा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप एक जनामा कोरोना पुष्टि भएको बताएका हुन्। उदयपुरका ३३ वर्षीय पुरुषमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको उनले जानकारी दिए । उनले अन्य व्यक्तिहरुको रिपोर्ट भने आइनसेको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । यीमध्ये ४ जना उपचारपछि निको भएर घर गइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा