नेपालमा थप ८ जनामा कोरोना संक्रमणको आशंका, क्रस भेरिफाई हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं: उदयपुरमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण आशंका गरिएको छ । उदयपुरका स्थानीयको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्रस भेरिफाई गर्न पठाइएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकास्थित मस्जिदमा यसअघि नै १३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरुको धमाधम स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये ८ जनामा शंकास्पद नतिजा देखिएपछि धरानमा पुन परीक्षणका लागि पठाइएको बताइएको छ । कोरोना संक्रमण भएको पुष्टि भने धरानको नतिजा आएपछि मात्र हुने कोशी अस्पतालका चिकित्सकले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा