कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन: विश्वभर कोरोना भाइरस संक्रमणका कारण एक लाख ७० हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । यसैगरी २४ लाख ७५ हजार बढी मानिस कोरोना भाइरसको संक्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको जनाएको छ ।
कोरोना भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ७ लाख ९२ हजार नाघेको छ भने ४२ हजार ५ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । अमेरिकाको न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ । कोरोनाका कारण इटालीमा २४ हजार १ सयभन्दा बढीको ज्यान गएको छ । यसैगरी संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।
यसैगरी स्पेनमा कोरोनाले मृत्यु हुनेको संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ। दुई लाख २ सय १० जना संक्रमित भएका छन् । फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ । बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा