यूएनएफपीएद्वारा सरकारलाई १ हजार २ सय पीपीई किट्स हस्तान्तरण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणमा लागि संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले १ हजार २ सय पीपीई किट्स आज सरकारलाई हस्तान्तरण गरेको छ ।
यूएनएफपीएले सोमबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेललाई उक्त सामानहरु हस्तान्तरण गरेको हो । सामान हस्तान्तरण कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक डोटेलले अहिलेको समयमा पीपीई किट्सको अति नै महत्व भएकाले सही समयमा सरकारलाई पीपीई सहयोग गर्ने यूयूएनएफपीएलाई धन्यबाद दिएका थिए ।
लगभग तीन करोड ४ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको पीपीई किट्समा सर्जिकल मास्क, एन ९५ मास्क, फेस सिल्ड, आइ गगल्स्, हेड कभर्स, शु-कभर्स, लङ स्लिभ् इम्पर्भियस गाउन, डिस्पोजेबल ब्याग र गम्बुट्स रहेका छन् ।
नेपालका लागि यूएनएफपीए प्रतिनिधि लुब्ना बाकीले कोरोना महामारीका बेला अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरूको सुरक्षा महत्वपूर्ण हुने बताइ्न । उनले स्वास्थ्यकर्मीको स्वास्थ्य र मनोसामाजिक विषयलाई पनि ध्यान दिनुपर्ने भन्दै यूएनएफपीए यो महामारीको रोकथाम र नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न तयार रहेको बताइन्।
यसका साथै यूएनएफपीएले सरकार र साझेदारहरूलाई जीवनरक्षाका लागि अत्यावश्यक प्रजनन स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न आव्हान गरिरहेको छ । पीपीई किट्सको अतिरिक्त यूएनएफपीएले सरकार र स्थानीय साझेदारहरूसँगको समन्वयमा कोभिड–१९ कोे महामारीको बेला क्वारेन्टाइनमा बसेका महिला र किशोरीहरूको तत्काल सरसफाई र सुरक्षाका आवश्यकता सम्बन्धी मर्यादा किट (डिग्निटी किट्स) प्रदान गरिरहेको छ । ती किट्समा १४ किसिमका फरक फरक सामानहरु जस्तै साबुन, पुनः प्रयोग गर्न मिल्ने महिनावारी प्याड, र महिला तथा किशोरीका लागि आवश्यक अन्य सामाग्रीहरु समावेश रहेका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा