२४ घण्टामा ३ सय २४ जनाको कोरोना परीक्षण, १ सय ११ जना आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं: सरकारले गत २४ घण्टामा कोरोना आशंकामा ३ सय २४ जनाको पीसीआर विधिबाट परीक्षण गरेको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले २४ घण्टामा ३ सय २४ जनाको पीसीआर विधिबाट र ३ हजार १९ जनाको र्यापिड टेष्ट विधि मार्फत परीक्षण गरेको बताए । उनले हालसम्म पीसीआर विधिबाट देशभरमा ८ हजार ४ सय १४ र र्यापिड डाइग्नोष्टिक विधिबाट २५ हजार १ सय ४८ गरी ३३ हजार ५ सय ६२ जनाको कोरोना नमुना परीक्षण गरिएको जानकारी दिए ।
डा देवकोटाले सोमबार सम्म आइसोलेसनमा रहनेको संख्या १ सय ११ रहेको भन्दै ४ जना उपत्यकामा र १ सय ७ जना उपत्यका बाहिर रहेको पनि जानकारी गराए । यसैगरी कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ९ सय ३६ रहेको छ । उनले गत २४ घण्टामा नयाँ संक्रमित नभेटिएको भन्दै अस्पतालमा उपचारमा रहेका संक्रमित २७ जनाकै स्वास्थ्य सामान्य रहेको जिकीर गरे ।
नेपालमा हालसम्म ३१ जनामा कोरोना संक्रमण देखिएकोमा ४ जना उपचारपछि निको भएर घर फर्केका छन् भने २७ जना विभिन्न अस्पतालमा उपचारमा छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा