सुदूरपश्चिममा हालसम्म ८ हजार बढीको कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\डडेल्धुरा: सुदूरपश्चिममा अहिलेसम्म ८ हजार बढीको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमबाट संकलन गरिएका ८ हजार एक सय ५७ जनाको नमुनामध्ये आइतबार सम्म पीसीआर र र्यापिड टेस्ट विधीमार्फत ८ हजार ८५ जनाको परीक्षण गरिएको छ। यी मध्ये ७२ जनाको रिपोर्ट भने आउन बाँकी छ।
प्रदेश स्वास्थ्य आपतकालिन केन्द्रंका अनुसार आइतबारसम्म पीसीआर विधिबाट दुई हजार ५ सय ६ जनाको कोरोना परीक्षण गरिएकोमा पाँच जना बाहेक अन्य दुई हजार ५ सय एक जनाको रिपोर्ट नेगेटिभ आएको छ। यसैगरी र्यापिड टेष्ट गरिएका एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ । र्यापिड टेष्टमा पोजेटिभ आएकाव्यक्तिको समेत पीसीआर प्रविधिबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आईसकेको छ।
आइतबारसम्म प्रदेशका नौँ वटै जिल्लामा पाँच हजार पाँच सय ७९ जनाको र्यापिड टेस्ट गरिएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ। अहिले सम्म सबैभन्दा बढी कैलालीमा दुई हजार ७ सय ६९ जनाको र्यापिड टेष्ट गरिएको छ।
यस्तै कञ्चनपुरमा ४ सय ७८, बैतडीमा २ सय १५, दार्चुलामा ४ सय २४, डडेल्धुरामा १२, डोटीमा ७ सय ५८, बझाङमा ४ सय ८६, अछाममा २ सय ३० र बाजुरामा २ सय ५ जनाको र्यापिड टेष्ट गरिएकोमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य आपतकालिन केन्द्रले जनाएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा