निको भएर घर फर्किए कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोना भाइरस संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक पनि आज निको भएर घर फर्केका छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवकको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।
उनी १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्केका हुन्। भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरेको अस्पतालले जनाएको छ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।
हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त