कोरोना जितेर सेती अस्पतालबाट डिस्चार्ज हुँदै कैलालीका संक्रमित युवक
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: कोरोना भाइरस संक्रमण भएर सेती प्रादेशिक अस्पतालमा उपचाररत एक युवक पनि आज निको भएर घरर फर्किदै छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलाली लम्कीका २१ वर्षीय युवकको अन्तिम कोरोना रिपोर्ट नेगेटिभ आएकाले आजै डिस्चार्ज हुन लागेको बताए । उनी १६ दिनको अस्पताल बसाईपछि पूर्ण रुपमा निको भएर घर फर्किन लागेका हुन्।
भारतबाट आएका लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका ती युवकमा चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो। दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिने तयारी अहिले भइरहेको अस्पतालले जनाएको छ।
उनी भारतको मुम्बईबाट चैत ११ गते नेपाल फर्किएका हुन्। उनलाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। कोरोना देखिएको १६ दिनमै उनी डिस्चार्ज हुन लागेका हुन्। उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्किएका थिए।
हिजो मात्रै काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट एक जना र बाग्लुङ अस्पतालबाट ६५ वर्षीय महिला पनि कोरोना निको भएर अस्पतालबाट डिस्चार्ज भएका थिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम