नेपालगंजको भेरी अस्पतालमा पनि शुरु भयो कोरोना परीक्षण
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भेरी अस्पताल नेपालगञ्जमा पनि पीसीआर विधिबाट कोरोना भाइरसको नमुना परीक्षण शुरू भएको छ ।
पीसीआर मेशिन जडान गरिएसँगै आजैबाट नमुना संकलन गर्न थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश थापाले बताए । डा थापाले आवश्यक परेमा तीन सिफ्ट गरी दैनिक सय जनासम्मको नमुना परीक्षण गर्न सकिने भए पनि अहिले एउटै सिफ्टबाट काम गरिने जानकारी दिए ।
भारतसँग सिमाना जोडिएको भए पनि नेपालगंजमा हालसम्म कोरोना आशंकामा परीक्षण गरिएका सबै रिपोर्ट पीसीआर र आरडीटी दुबै विधिमा नेगेटिभ आएको पनि उनले जानकारी दिए ।अहिलेसम्म कसैको पनि आरडीटी टेष्टमा पनि कोरोना पोजेटिभ आएको छैन्, यो खुशीको कुरा हो ,उनले भने।
योसँगै नेपालभरी पीसीआर विधिबाट कोरोना नमुना परीक्षण १५ स्थानबाट हुनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा