कोरोनाको आशंकामा १ सय १७ जना आइसोलेसनमा, ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं: सरकारले कोरोनाको आशंकामा देशभरका अस्पतालमा ११७ जना आइसोलेसनमा रहेको बताएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ११७ जना आइसोलेसनमा रहेको बताएका हुन्। उनले उपत्यकामा ५ जना र उपयका बाहिर ११२ जना रहेको बताए । यसैगरी शनिबारसम्म विभिन्न देशबाट आएका र सम्भावित संक्रमित भन्दै क्वारेन्टाइनमा रहनेको संख्या ४हजार ५ सय ३६ रहेको छ ।
यसैगरी २४ घण्टामा ६ सय २ जनाको पीसीआर र २ हजार ८ सय ८९ जनाको आरडीटीबाट कोरोनाको परीक्षण भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै नेपालमा कोरोनाको परीक्षणको संख्या २७ हजार ४ सय ७१ पुगेको छ। उनले शनिबार कसैमा पनि कोरोना पोजेटिभ रिपोर्ट नआएको पनि जानकारी दिए ।
शुक्रबार उदयपुरमा भेटिएका १२ र चितवनका दुई जना संक्रमितको कन्टयाक्ट ट्रेसिङ गर्ने काम भइरहेको बताए ।
नेपालमा हालसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने दुई जना उपचारपछि निको भएर घर फर्केका छन्। अन्य २८ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा