सरकार गुहार्दै दिल्लीमा अलपत्र ५२ नेपाली मजदुर
हेल्थ टिभी अनलाइन \काठामाडौं : कोरोना महामारीका कारण विश्वभरी त्रास छ । जसका कारण अधिकांश देशले लकडाउन गरेका छन्। यसैवीच भारतको नयाँ दिल्लीमा कार्यरत ५२ जना नेपाली लकडाउनका कारण अलपत्र परेका छन्।
उनीहरुले आफूहरुलाई त्यहाँबाट उद्धार गर्न नेपाल सरकार र दुतावासलाई बारम्बार अपिल समेत गरेका छन्। तर कतैबाट सुनुवाई नभएको बताउँछन दशरथचन्द -११ बैतडी सिमका नवराज पन्त । उनले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छे न अहिले काम छ नत पैशा नै नत घर जान पाइन्छ । अब यहाँ हामी एउटै सानो कोठामा १८ जना बसेका छौ, के खाने कहाँ जाने केही पत्तो भएन । बाहिर निस्के प्रहरीले कुट्छ, नेपाल सरकारले हामीलाई घरसम्म जाने व्यवस्था गर्दिए हुन्थ्यो । नभए यहीं रोगले हैन भोकले मछौं, उनले भने ।
उनीहरु सबै दिल्लीको गुडगाउँस्थित मानेश्वर सेक्टर १ मा रहेको एउटा कम्पनीमा काम गर्दै आएका थिए । जुन कम्पनी अहिले बन्द छ । उनीहर सबै सुदूरपश्चिम प्रदेशको बैतडी र डडेल्धुरावासी हुन्।







तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा