Health TV Online
Health TV Online
Health TV Online

सुदूरपश्चिमका पाँच संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः पोजेटिभ, एकको नेगेटिभ

सुदूरपश्चिमका पाँच संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः पोजेटिभ, एकको नेगेटिभ

शेर भण्डारी\ डडेल्धुरा :  धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये ४ जनाको तेस्रोपटक परीक्षण गर्दा पनि रिपोर्ट पोजेटिभ नै आएको छ। पाँचजना कोरोना संक्रमितमध्ये चारजनाको रिपोर्ट पुनः परीक्ष्ण गर्दा पनि पोजेटिभ आएकोहो । ।

धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीय भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीय महिलाको कोरोना रिपोर्ट फेरि ‘पोजेटिभ’ आएको अस्पतालले जनाएको छ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा जगदीश जोशीका अनुसार तीनजनाको तेस्रो र लम्कीचुहा नगरपालिका १ की महिलाको दोस्रो रिपोर्ट ‘पोजेटिभ’ आएको हो।

संक्रमितमध्ये एक संक्रमितको दोस्रो रिपोर्ट भने ‘नेगेटिभ’ आएको छ। डा जोशीका अनुसार दोस्रो रिपोर्ट ‘नेगेटिभ’ आउनेमा लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक हुन्।

उनको रिपोर्ट नेगेटिभ आएपनि अहिले उनलाई अस्पतालको आइसोलेसनमै राखिएको छ। डा जोशीका अनुसार लगातार दुई पटक रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्रै डिस्चार्ज गरिन्छ।

धनगढी उप–महानगरपालिका–५ का युवकको तेस्रो रिपोर्ट यसअघि नै आइसकेकोमा अब चौथो पटक परीक्षणको तयारी भइरहेकोसमेत डा जोशीले बताए। संक्रमित पाँचैजना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार