वन्यजन्तुको मासुमा बन्देज लगाउन विश्व स्वास्थ्य संगठनको अपिल
हेल्थ टिभी अनलाइन \काठमाडौं: विश्व स्वास्थ्य संगठनले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबैलाई अपिल गरेको । संगठनका महानिर्देशक डा टेड्रोसले जेनेभामा आयोजित पत्रकार सम्मेलनका क्रममा ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै मानिसमा आएको भन्दै वन्यजन्तु मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन्।
वन्यजन्तुको मासु धेरैका लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश यस्ता बजारमा यसको स्वच्छताको प्रश्न आउने गरेको भन्दै यनले यसमा प्रतिबन्ध लगाउनपर्नेमा जोड दिए । भोजन र स्वच्छताका सबैले कडाइका साथ पालना नगर्दासम्म वन्यजन्तुको मासु प्रयोग रोकिनुपर्ने टेड्रोसको भनाइ छ ।
गत डिसेम्बरमा कोरोना भाइरसको महामारी फैलिएको चीनको वुहानमा पनि खुलायाम जनावरका मासुको व्यापार हुँदै आएको छ । त्यही कारण भाइरस फैलिएको हो की भन्ने अनुमान गरिएको छ ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त