नेपालमा एकैदिन थप १४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप १४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै भने, ‘आज उदयपुरमा १२ र चितवनमा २ जनामा कोरोना पोजेटिभ देखिएको छ । अब उहाँहरुको डिटेल खोज्दैछौं ।’ उनका अनुसार उदयपुरमा १२ जना र चितवनमा २ जना गरी १४ जनामा एकैदिन कोरोना संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा