महानगरपालिकामा विदेशबाट फर्किनेको कोरोना परीक्षण तीव्र
हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना परीक्षण तीव्र पारेको छ।
हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र तीमध्ये सबैको नतिजा नेगेटिभ आएको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए। उनका अनुसार कामपाले सबै वडामा परीक्षण जारी राखेको छ ।
अघिल्लो साता विदेशबाट आएकाको तथ्यांक लिइसकको कामपाले गत बुधबारदेखि कोरोना परीक्षण पनि शुरु गरेको हो। सनसिटी अपार्टमेन्टमा बस्ने २ जनालाई कोरोना पोजेटिभ देखिएपछि कामपाले परीक्षण शुरु गरेको हो।
कामपा जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयंसेविकाको टोलीलाई घर–घरमा पठाएर विदेशबाट आएकाको विवरण संकलन गरिएको थियो। कामपाका प्रमुख विद्यासुन्दर शाक्यले विदेशबाट आएका, उनीहरुको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरे।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा