Health TV Online
Health TV Online
Health TV Online

काठमाडौँबाट सुदूरपश्चिमका लागि आयो ३३ जना चिकित्सकको टोली

काठमाडौँबाट सुदूरपश्चिमका लागि आयो ३३ जना चिकित्सकको टोली

शेर भण्डारी \डडेल्धुरा : काठमाडौँबाट ३३ जना चिकित्सकको टोली सुदूरपश्चिम आइपुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढेपछि काठमाडौंबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पठाएको हो ।

शुक्रबार दिउँसो यति एयरलाइन्सको विमानमार्फत चिकित्सकको टोली धनगढी आइपुगेको हो। संघीय स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसंगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताललगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए।

हालसम्म सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच रहेको छ। उनीहरू सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार