चितवनमा कोरोनाको आशंका लागेपछि दुई जनाको नमुना पुन: परीक्षणका लागि काठमाडौं पठाइयो
हेल्थ टिभी अनलाइन \चितवन: चितवनको भरतपुरमा कोरोना परीक्षण गर्ने क्रममा दुई नमुनामा शंकास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाइएको छ ।
बिहीबार भरतपुरमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा पीसीआर प्रविधिबाट गरिएको परीक्षणमा दुई जनामा शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
उनीहरुको बुधबार र्यापिड डायग्नोस्टिक टेस्ट विधिबाट जाँच गर्दा एक महिलामा कोरोना पोजेटिभ आएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आइसोलेसनमा छन्।
उनीहरु चैत ५ गते बेलायतबाट आएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा