भारतमा कोरोना संक्रमणका कारण ४३७ जनाको मृत्यु, संक्रमितको संख्या १३ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं: भारतमा कोरोना संक्रमितको संख्या १३ हजार बढी पुगेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार विहिबारसम्म संक्रमितको संख्या १३ हजार ३ सय ८७ पुगको छ । यसैगरी कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ३७ रहेको छ ।
यसैविच विभिन्न अस्पतालमा उपचार गरेर कोरोना जितेर निको भएकाको संख्या १ हजार ७ सय १७ रहेको पनि भारतीय स्वास्थ्य अधिकारीले बताएका छन्। भारतमा कोरोना भाइरसको सबैभन्दा बढी प्रभावित महाराष्ट्र भएको छ । महाराष्ट्रमा मात्र ३ हजार २ सय पाँच जनामा कोरोना संक्रमण देखिएको छ भने १९४ जनाको मृत्यु भइसकेको छ ।
महाराष्ट्रपछि दिल्लीमा धेरै संक्रमण पाइएको छ । दिल्लीमा अहिलेसम्म १ हजार ६ सय चालिस संंक्रमित भेटिएका छन्। यसैगरी ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। दिल्लीमा पछिल्लो २४ घण्टामा ६२ नयाँ संक्रमण पुष्टि भएका छन्।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम