कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ।
यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो। त्यसैगरी अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेको संख्या पनि ६ लाख नाघेको छ।
अमेरिकामा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको छ। गएको २४ घण्टायता यहाँका दुई हजार ४९४ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ।
प्राप्त समाचारअुनसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन्। त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ।
त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ । उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ।
त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ। यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा