Health TV Online
Health TV Online
Health TV Online

प्रभावकारी बन्यो महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

प्रभावकारी बन्यो महानगरपालिकाको निःशुल्क एम्बुलेन्स सेवा

हेल्थ टिभी अनलाइन\काठमाडौं : काठमाडौँ महानगरपालिकाले लकडाउन अवधिभर दिएको निःशुल्क एम्बुलेन्स सेवामा दुई दिनमै ५० जनाले सेवा लिएका छन्।

महानगरपालिकाले संयुक्त एम्बुलेन्स चालक संघ नेपालसँगको गहकार्यमा लामो समयदेखि औषधि प्रयोग गरिरहेका दीर्घ बिरामीका लागि अस्पतालसम्म आउन र जानका लागि निःशुल्क सेवा प्रदान गरिरहेको छ।

कामपा संयुक्त एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्यसमिति) सँग सम्झौता गरी लकडाउन अवधिभर २४सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ। सम्झौताअनुसार पाँच वटा एम्बुलेन्सले लकडाउनको समयमा हृदयघात, मिर्गौला रोगीलगायतका महानगरवासीलाई आकस्मिक सेवा दिइरहेको छ।

त्यस्ता बिरामीलाई वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इायलासिस सेन्टरलगायतमा लैजाने गरेको प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए।

निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान ल्याउन निःशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको प्रवक्ता डंगोलको भनाइ छ।

महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका बिरामी अस्पतालसम्म लैजान समस्या भएको अवस्थामा  सेवा दिन महानगरले एम्बुलेन्स सेवालाई यसअघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि टेलिफोन नम्बर १०२  मा सम्पर्क गर्न सकिनेछ।

लकडाउनको अवधिमा महानगरमा बसोबास गर्ने त्यस्ता बिरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान ल्याउन समस्या भए महानगरपालिकाले हटलाइन नम्बर ११८० मा सम्पर्क गर्न पनि डंगोलले आग्रह गरे।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार