स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि कोरोना संक्रमण परीक्षण हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि परीक्षण गर्ने भएको छ।
मन्त्रालयले बिहीवार सूचना जारी गरी कोरोनाको उपचार, निदान, नियन्त्रण अभियानमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि र्यापिड डाइनोष्टिक टेष्ट (आरडीटी) बाट परीक्षण गर्ने जानकारी दिएको हो।
यस्तै चैत महिनाभित्र विदेशबाट आएका सबैको आरडीटीबाट समेत परीक्षण गरिने भएको छ। मन्त्रालयले १४ दिनभन्दा बढी क्वारेन्टाइनमा बसेका सबैको पनि परीक्षण गर्ने सूचनामा जनाइएको छ।
नेपाल कोभिड– १९ को जोखिममा रहेको भन्दै गत चैत ११ गतेबाट बन्दाबन्दी गरिएको छ। नेपालमा अहिलेसम्म १६ जनामा संक्रमण देखिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा