कोरोना र्यापिड टेष्ट : हेटौँडा उपमहानगरपालिकाका चारजनामा पोजेटिभ
हेल्थ टिभी अनलाइन\काठमाडौं : र्यापिड टेष्टका क्रममा हेटौँडा उपमहानगरपालिकाभित्र चारजनामा कोरोना पोजेटिभ देखिएको छ।
हेटौँडा–४ र १५ मा भएको र्यापिड टेष्टका क्रममा चारजनाको पोजेटिभ आएको हो। हेटौँडा–वासुदेव सभागृहमा भएको ४० जनाको टेष्टमा एक महिला र ३ पुरुषमा रिपोर्ट पोजेटिभ आएको उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जानकारी दिए।
उनीहरूमध्ये भारत घर भई हेटौँडा–४ आफन्तमा आएकी ५५ वर्षीया महिला, भारत गएर फर्किएका हेटौँडा–२ का ६७ वर्षीय वृद्ध, भारत बेङ्लोरबाट फर्किएका हेटौँडा–५ का २४ वर्षीय एक युवक र साउदी अरबबाट फर्किएका ३२ वर्षीय युवक छन्।
उनीहरूलाई पीसीआर जाँचका लागि स्वाब संकलनका लागि हेटौंडा अस्पताल लगिएको छ। र्याापिड टेष्टमा पोजेटिभ पाइएकाको परिवार, नियमित सम्पर्क हुनेहरूको पनि स्वाब संकलनका लागि अस्पताल लगिएको उपमहानगरप्रमुख महतले बताए।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा