२४ घण्टामा नयाँ संक्रमण देखिएन्, र्यापिड टेष्टमा पोजेटिभ आएका सबैको ‘पीसीआर’ गर्दा नेगेटिभ
हेल्थ टिभी अनलाइन\ काठमाडौं: पछिल्लो २४ घण्टामा गरिएका कोरोनाको नमुना परीक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।
डा देवकोटाले पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३६९ र र्यापिड टेष्ट विधिबाट ३ हजार २ सय ६३ जनाको कोरोना परीक्षण गर्दा सबैमा कोरोना नेगेटिभ रिपोर्ट आएको बताए । उनले भने, ‘हामीले परीक्षणको दायरा बढाउँदै सबै प्रदेशबाट परीक्षण गरिहरका छौं तर आज कसैमा पनि कोरोना पोजेटिभ देखिएको छैन्।’ उनले बुधबार केही व्यक्तिहरुमा र्यापिड टेष्ट गर्दा पोजेटिभ देखिएको भए पनि पीसीआर प्रविधिबाट परीक्षण गर्दा सबैको कोरोना नेगेटिभ आएको बताए ।
योसँगै उनले ८ जिल्ला बाहेक सबैमा र्यापिड टेष्ट विधिबाट नमुना परीक्षण भइरहेको पनि जानकारी दिए । उनले आज बिहानसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ९ सय १ र आइसोलेसनमा १ सय तीन जना रहेको पनि जानकारी दिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा