डडेल्धुरामा सैनिक जवानले रक्तदान गरेर बचाए गर्भवतीको ज्यान
शेर भण्डारी\ डडेल्धुरा: डडेल्धुरामा नेपाली सेनाका जवानले रक्तदान गरेर एक गर्भवतीको ज्यान बचाएका छन्।
डोटीको आदर्श गाउँपालिका–५ की २० वर्षीया गर्भवती मीना भाटको ३ जना सेनाले दिएको रगतले ज्यान जोगिएको हो।
डडेल्धुरा अस्पतालमा बुधबार भर्ना भएकी महिलाको बच्चा जन्मनुअघि नै अत्यधिक रक्तश्राव भएपछि उनको ज्यान जोखिममा परेको थियो।
त्यसै त रगतको अभाव हुने ठाउँमा लकडाउनका कारण रगत झनै नपाएपछि उनका आफन्त निरास बनेका थिए । रगत अभावको जानकारीपछि बिहीबार बिहान रणबम गण दह, डडेल्धुराका सैनिक जवान कमलबहादुर अधिकारी, नेपाल थापा र केशवराज जोशीले तीन पिन्ट रगत महिलाका लागि दान गरेका हुन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले सेनाका जवानले दिएको रगतका कारण महिलाको शल्यक्रिया गर्न सकिएको जानकारी दिए । उनको शल्यक्रिया गरेर बच्चा जन्मिएको छ। महिलाको अवस्था जटिल बन्दै गएपछि अस्पतालले सेनासँग रक्तदानका लागि आग्रह गरेको थियो ।
हाल आमा र नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा