आमासहित परिवारका सबैलाई कोरोना संक्रमण, तीन महिने शिशुको रेखदेखको जिम्मा लिए नर्सले
हेल्थ टिभी अनलाइन\ काठमाडौं: भारतमा सुत्केरी आमालाई कोरोना संक्रमण भएपछि बच्चाको रेखदेख अस्पतालले गर्दै आएको छ ।
भारतको छत्तीसगढको राजधानी रायपुरमा तीन महिनाको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएपछि शिशुले आमाको दुध समेत खान पाएको छैन्। नत नजिक जान नै । महिलामा कोरोनो पोजेटिभ पाइएपछि बच्चाको हजुरआमाले रेखदेख गर्दै आएकी थिइन ।
हजुरआमालाई समेत ज्वरो आउने खोकी लाग्ने भएपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको एम्स रायपुर अस्पतालले जनाएको छ । त्यसपश्चात बच्चाको मामाले उनको रेखदेखको जिम्मा लिएका थिए । हजुरआमालाई कोरोना पोजेटिभ देखिएको ४ दिनपछि मामाको परीक्षण गर्दा समेत कोरोना पाइएपछि तीनै जनालाई अस्पताल भर्ना गरी उपचार भइरहेको छ ।
परिवारका तीनैजनामा कोरोना संक्रमण देखिएपछि तीन महिने शिशुको स्याहार गर्ने कोही नभएकाले अस्पतालले जिम्मा लिएको अस्पतालका निर्देशक डा. नितिन एम नागरकरले जानकारी दिए ।
अहिले बच्चाको हेरचाह अस्पतालका दुई नर्सले गरिरहेका छन्। बच्चामा पनि परिवारबाट कोरोना सरेको हुनसक्ने भन्दै नर्सहरुले पीपीई लगाएर हेरचाह गर्ने गरेको अस्पतालले जनाएको छ ।
भारतमा कोरोना संक्रमितको संख्या १२ हजार नजिक पुगेको छ भने ३९२ जनाले ज्यान गुमाएका छन्।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित