बेलायतले भारतबाट ३० लाख पारासिटामोल लग्ने
बेलायतले भारतबाट ३० लाख पारासिटामोल लग्ने भएको छ। बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति भएको छ।
‘भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ’, बेलायती विदेश मन्त्रालयले भनेको छ।
भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत पुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन्। तीमध्ये चार हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो।
सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ। ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ।
कोरोना भाइरसबाट धेरै प्रभावित देशमध्ये बेलायत अघिल्लो छैटौँ स्थानमा पर्छ।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त