Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बेलायतले भारतबाट ३० लाख पारासिटामोल लग्ने

बेलायतले भारतबाट ३० लाख पारासिटामोल लग्ने

बेलायतले भारतबाट ३० लाख पारासिटामोल लग्ने भएको छ। बेलायतको विदेश मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतले बेलायतलाई ३० लाख पारासिटामोल उपलब्ध गराउने सहमति भएको छ।

‘भारतसँगको कुराकानीपछि बेलायलतले भारतबाट झण्डै ३० लाख पारासिटामोल पाउने भएको छ’, बेलायती विदेश मन्त्रालयले भनेको छ।

भारतले उपलब्ध गराउने भनेको औषधी आगामी दुई हप्तामा बेलायत पुग्ने र सुपरमार्केटमा राखिने मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।

पछिल्लो विवरणअनुसार बेलायतमा बुधबारसम्म कोरोना भाइरसबाट ९८ हजार ४७६ जना संक्रमित भएका छन्। तीमध्ये चार हजार ६०३ जनामा पछिल्लो २४ घण्टामा संक्रमणको पुष्टि भएको हो।

सरकारी अधिकारीहरुका अनुसार बेलायतमा कोरोनाका कारण अहिलेसम्म १२ हजार ८६८ जनाको मृत्यु भएको छ। ती मध्ये ७६१ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ।

कोरोना भाइरसबाट धेरै प्रभावित देशमध्ये बेलायत अघिल्लो छैटौँ स्थानमा पर्छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन