ईशान बाल अस्पतालमा गरियो जन्मिँदै आन्द्रा बाहिर भएको शिशुको जटिल शल्यक्रिया
कल्पना आचार्य \काठमाडौं: कोरोनाका कारण देश लकडाउन छ। शहर सुनसान छ । यातायात,व्यापार, व्यवसाय, कलेज, विश्वविद्यालय बजार सबै ठप्प छ । अस्पतालमा पनि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । यही लकडाउनका बेला ईशान बाल तथा महिला अस्पतालमा एक नवजात शिशुको जटिल शल्यक्रिया गरी बचाइएको छ । जन्मदैं आन्द्रा बाहिर भएका धादिङका शिशुको शल्यक्रिया गरेर बचाइएको हो ।
हिजो मंगलबार बिहान जन्मिएका शिशुको जन्मिदै पेटमा प्वाल परेर आन्द्रा बाहिर निस्केको थियो । अस्पतालले तुरुन्त काठमाडौं लैजान भने पनि धादिङको विकट गाउँका उनलाई लकडाउनका कारण जन्मेको १४ घण्टापछि काठमाडौको ईशान अस्पताल ल्याइएको थियो ।
अस्पतालका कार्यकारी निर्देशक एवं वरिष्ठ बाल शल्य चिकित्सक डा आर पी चौधरीले लकडाउनका कारण शिशु ढिला गरी अस्पताल आएको तर शल्यक्रिया भने सफल भएको बताए । उनले भने, ‘यस्तो केसमा शिशुलाई जति छिटो शल्यक्रिया गर्न सकियो त्यति नै शल्यक्रिया सफल हुन्छ । तर लकडाउनका कारण उहाँहरु आउन ढिला भयो तर पनि हामीले बच्चाको शल्यक्रिया गरेर आन्द्रा भित्र राख्न सफल भएका छौं।’ तर उनले अझै बच्चालाई केही दिन अस्पतालमै राख्न पर्ने बताए।
बाहिर निस्किएको आन्द्रा फुलिएको हुनाले एउटा शल्यक्रियामा सबै एकैपटक भित्र राख्न नसकिने र केही दिनपछि अर्को शल्यक्रिया गरेर बाँकी आन्द्रा भित्र राखिनेछ उनले भने । यस्तो समस्या १० लाख शिशुमा एक जनालाई हुने डा चौधरी बताउँछन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त