Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘कोरोना भाइरस संक्रमणको खतरा कम्तीमा २०२२ सम्म’

‘कोरोना भाइरस संक्रमणको खतरा कम्तीमा २०२२ सम्म’

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दूरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ।

अमेरिकाको हार्बर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो।

विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ।

विश्वभर सबैजसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरबाटै निर्मूल पार्नु चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रणजस्तो देखिए पनि अर्को चरणमा पुनः फैलिनसक्ने अनुमान पनि उनीहरूले गरेका छन्।

अनुसन्धानकर्ताहरूले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दूरी कायम गर्नै पर्नेमा जोड दिएका छन्।

‘सामाजिक दूरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो’, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन्।

उनीहरूले उच्च सतर्कतासहितको उपचार सेवालाई सबै देशले थप विस्तार गर्नु पर्ने बताएका छन्। अध्ययनकर्ताहरूले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरसविरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन्।

विश्व स्वास्थ्य संगठनले पनि औषधी वा खोप तयार नभएसम्म यो रोगको जोखिम रहिरहने जनाएको छ। संगठनले विश्वभरका वैज्ञानिकखोप तयार पार्न परीक्षण र प्रयास जारी राखेको पनि जनाएको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि