Health TV Online
Health TV Online
Health TV Online

‘आरडीटी’ले कोरोना पोजेटिभ देखायो, ‘पीसीआर’ले नेगेटिभ!

‘आरडीटी’ले कोरोना पोजेटिभ देखायो, ‘पीसीआर’ले नेगेटिभ!

हेल्थ टिभी अनलाइन\गोरखा : र्‍यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा संक्रमण नभएको पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना संक्रमण नभएको पुष्टि भएको हो।

आरुघाट गाउँपालिकाभित्र मंगबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना पोजेटिभ देखिएका युवकको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएको गोरखा अस्पतालका कोभिड–१९ का फोकलपर्सन नारायण अर्यालले जानकारी दिए। गत फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।

गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायत देशबाट आएकाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ। चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार