Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमण र्‍यापिड टेष्ट : चितवनका दुईजनामा देखियो पोजेटिभ

कोरोना संक्रमण र्‍यापिड टेष्ट : चितवनका दुईजनामा देखियो पोजेटिभ

हेल्थ टिभी अनलाइन\काठमाडौं : र्‍यापिड टेष्टका क्रममा चितवनका दुई स्थानीय तहमा दुईजनामा कोरोना पोजेटिभ देखिएको छ।
बुधवार परीक्षणका क्रममा रत्ननगर नगरपालिका र राप्ती नगरपालिकाका दुई व्यक्तिमा संक्रमण देखिएको हो।

३ वटा वडाका आठजनामा परीक्षण गर्दा एक व्यक्तिमा एजनामा पोजेटिभ देखिएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले जानकारी दिइन्। उनी बेलायतबाट स्वदेश फर्किएका थिए।  उनलाई थप परीक्षणका लागि भरतपुरस्थित कोरोना अस्पताल लगिएको बरालले बताइन्।

यस्तै बुधवार ४० जनामा र्‍यापिड टेष्ट गर्दा एकजनालाई पोजेटिभ देखिएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जानकारी दिए। उनी कोरियाबाट एक महिनाअघि स्वदेश फर्किएका थिए। नगरप्रमुख वनका अनुसार विदेशबाट फर्किएका ७५ जनामा परीक्षण शुरु गरिएको हो। बाँकी ३५ जनाको परीक्षण बिहीवार गर्ने वनले बताए।

संक्रमित दुवैजनामा लक्षण नदेखिएको बताइएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार