Health TV Online
Health TV Online
Health TV Online

महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई सेनिटाइजर हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई सेनिटाइजर हस्तान्तरण

हेल्थ टिभी अनलाइन\ काठमाडौं: औषधि उत्पादकहरुले महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंंलाई सेनिटाइजर उपलब्ध गराएका छन्।

बुधबार नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल, उपाध्यक्ष सन्तोष बराल र महासचिव विप्लब अधिकारीद्वारा महानगरीय ट्राफिक प्रमुख भिम ढकाललाई सेनिटाइजर हस्तान्तरण गरिएको हो ।

ट्राफिक प्रहरी कार्यालय काठमाडौंं अन्तर्गत कार्यरत १५ सय जना कर्मचारीहरुलाइ पुग्ने गरि सेनिटाइजर हस्तान्तरण गरिएको हो।

महामारीका बेला बाहिर सुरक्षामा खटिएका सम्पुर्ण सुरक्षाकर्मीलाई कोरोनाबाट बच्न सेनिटाइजरको आवश्यकता महशुस गरी उनीहरुका लागि भनेर सेनिटाइजर हस्तान्तरण गरिएको संघका महासचिव विप्लव अधिकारीले बताए ।

उक्त सेनिटाइजर एमडीएच फर्मासिटिकल्स, सिटिएल फर्मासिसिटकल्स र रोडोडेन्ड्रन फर्माले सहयोग गरेका हुन्।  सरकारले बजारमा सेनिटाइजरको अभाव भएसँगै नेपाली औषधि उत्पादकलाई स्यानिटाइजर बनाउन अनुमति दिएको छ । त्यसयता झण्डै २० वटा नेपाली औषधि उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार