सुदूरपश्चिममा २ हजार ९ सय ४१ जनाको र्यापिड डायग्नोस्टिक विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ
शेर भण्डारी
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशमा २ हजार ९ सय ४१ जनाको र्यापिड डायग्नोस्टिक विधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश स्वास्थ्य आपतकालीन केन्द्रका अनुसार परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो । यो विधिबाट कैलालीमा १ हजार ५ सय २१, डडेल्धुरामा ९, कञ्चनपुरमा ४ सय १५, बैतडीमा एक सय ४२, दार्चुलामा ५८, डोटीमा २ सय ७१, बझाङमा चार सय ६१, अछाममा १, बाजुरामा ६३ जना गरी २ हजार ९ सय ४१ जनाको ¥यापिड टेस्ट परीाण गरिएको पाि केन्द्रले जनाएको छ ।
भारतसँग सिमाना जोडिएका कारण पनि सुदूरपश्चिमलाई उच्च जोखिममा राख्दै परीक्षणको दायरा बढाइएको छ । यो रिपोर्ट आएसँगै विभिन अस्पतालमा आइसोलेसनमा रहेका ७४ जनालाई आजै डिस्चार्ज गरिएको छ ।
सेती प्रादेशिक अस्पतालमा ५ जना संक्रमित उपचारमा छन्। यसैगरी प्रदेशका विभिन्न अस्पतालमा कोरोना आशंकामा १३ जनालाई आइसोलेसनमा राखिएको छ । उनीहरुको नमुना परीक्षण रिपोर्ट आउन बाँकी छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा