सनसिटी अपार्टमेन्टका तीनमध्ये एक जनामा देखिएन कोरोना, बुहारीको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं : मंगलबार र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दा सनसिटी अपार्टमेन्टका पोजेटिभ रिपोर्ट आएकामध्ये आज बुहारीको रिपोर्ट भने नेगेटिभ आएको छ । तीनैजनाको पीसीआर विधिबाट परीक्षण गर्दा बुहारीमा भने कोरोना संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।
र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गर्दाआमा छोरा र बुहारीमा कोरोना देखिएपछि उनीहरुलाई पाटन अस्पताल लगिएको थियो । स्वाब संकलन गरी पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा मंगलबार नै ८१ वर्षीय आमा र ५८ वर्षीय छोरामा कोरोना पोजेटिभ देखाएको थियो । तर बुहारीको रिपोर्ट भने आज आएको र नेगेटिभ भएको पनि मन्त्रालयले पुष्टि गरेको छ ।
उनीहरु चैत ५ गते बेलायतबाट आएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा