भारतमा संक्रमितको संख्या ११ हजार नाघ्यो, ३६८ को मृत्यु
भारतमा संक्रमितको संख्या ११ हजार नाघेको छ। साँझसम्ममा संक्रमणबाट ज्यान जानेको संख्या ३६८ पुगेको छ।
भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलवारका अनुसार गएको २४ घण्टायता मृत्यु हुनेको संख्या ३१ रहेको जनाएको छ।
संक्रमितमध्ये एक हजार ३६ जना उपचारपछि फर्किएका जनाइएको छ। हाल ८ हजार ९८८ जना कोरोना भाइरस संक्रमित उपचाररत छन् ।
भारतको महाराष्ट्र राज्यमा कोभिड १९ का संक्रमित दिनप्रतिदिन बढेका छन्। महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या २ हजार ३३४ जना पुगेको मंगलबार बिहान प्राप्त समाचारमा जनाइएको छ।
महाराष्ट्रपछि सबैभन्दा बढी कोरोना संक्रमित नयाँ दिल्लीमा छन्। नयाँदिल्लीमा मात्र यसका १ हजार ५१० जना संक्रमित छन्। त्यसैगरी तमिलनाडूमा १ हजार १७३ संक्रमित छन्। राजस्थान, मध्यप्रदेश, तेलङ्गना, गुजरात र छत्तीसगढ राज्यमा कोरोनाका संक्रमित भेटिएका छन्।




विश्व स्वास्थ्य संगठन, ‘दक्षिण पूर्वी एशिया क्षेत्रीय पब्लिक हेल्थ च्याम्पियन अवार्ड’ नेपाल नेत्रज्योति संघलाई
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त