Health TV Online
Health TV Online
Health TV Online

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ!

क्वारेन्टाइनमा बस्नेलाई दैनिक ५१० रुपैयाँ!

हेल्थ टिभी अनलाइन\पोखरा : गण्डकी प्रदेशले कोरोना संक्रमण न्यूनीकरणका लागि क्वारेन्टाइनमा बसेका व्यक्तिलाई दैनिक ५१० रुपैयाँ उपलब्ध गराउने भएको छ।

सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश तथा स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो।

‘बस्ने ठाउँको व्यवस्था स्थानीय र प्रदेश सरकारले समेत गरेको छ’, सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भने, ‘क्वारेन्टाइनमा बसेकालाई खाना, नास्ताको लागि प्रतिदिन ५१० रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको छ।’

यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरण खरिद गर्न सरकारले तीन वटै सुरक्षा निकायलाई १५ लाखका दरले बजेट निकासा गर्ने निर्णय गरेको छ।

नेपाली सेनाको पश्चिम पृतना, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीलाई रकम निकासा गर्ने निर्णय गरेको सरकारले जनाएको छ।

त्यसैगरी डेडिकेटेड अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालामा काम गर्ने प्राविधिक, कर्मचारीले एक दिनमा बढीमा दुई हजार २२० का दरले खाने र बस्ने रकमको सीमा तोकेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार