कोरोना र्यापिड टेष्ट : काभ्रे र धादिङका दुईजनामा पनि देखियो पोजेटिभ
हेल्थ टिभी अनलाइन\काठमाडौं : काभ्रे र धादिङमा र्यापिड टेष्टका क्रममा दुईजनामा कोरोना पोजेटिभ देखाएको छ।
काभ्रेको बेथानचोक गाउँपालिका–५ का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। उनलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले जानकारी दिए।
यस्तै धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्यापिड परीक्षणमा एक जना युवकमा कोरोना पोजेटिभ देखिएको छ। कोरिया बसेर चैतको पहिलो साता घर फर्किएका वडा नं. ३ का युवकमा परीक्षणका क्रममा ‘पोजेटिभ’ देखिएको गाउँपालिकाकी उपाध्यक्ष जानुका सिंखडाले जानकारी दिइन्।
उनको स्वाबको नमुना परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला ल्याइएको पनि सिंखडाले बताइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा