कोरोनाको असर: सेती प्रादेशिक अस्पतालमा प्रसूति सेवा बन्द
शेर भण्डारी
डडेल्धुरा: धनगढीस्थित सेती प्रादेशिक अस्पतालले अनिश्चितकालका लागि प्रसूति सेवा बन्द गरेको छ। अस्पतालले मंगलबार एक सूचना जारी गर्दै बुधबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रसूति सेवा बन्द हुने जानकारी दिएको हो।
प्रदेश सरकारले सेती प्रादेशिक अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शय्या आवश्यक रहेकाले हालका लागि प्रसूति सेवा बन्द गरिएको अस्पतालद्वारा जारी सूचनामा लेखिएको छ।
अस्पतालले यो अवधिमा आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट सेवा लिनसमेत आग्रह गरेको छ। सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा अहिले ५ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ।
यस्तो छ अस्पतालले जारी गरेको विज्ञप्ति:






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा