कोरोना आशंकामा आइसोलेसनमा भर्ना भएका प्रहरी जवानको रिपोर्ट नेगेटिभ
हेल्थ टिभी अनलाइन \काठमाडौं: कोरोनाको आशंकामा जिल्ला अस्पताल बैतडीमा आइसोलेसनमा उपचाररत एक प्रहरी जवानलाई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ।
दार्चुला घर भएका ३२ बर्षीय प्रहरी जवानलाई रिपोर्ट नेगेटिभ आएसँगै सोमबार डिस्चार्ज गरिएको हो। सीमा प्रहरी चौकी झुलाघाटमा कार्यरत उनलाई ज्वरो आउने, पखाला लाग्ने र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार बैतडीको अस्पतालमा भर्ना गरिएको थियो।
आइसोलेसनमा भर्ना गरिएका उनको थ्रोट स्वाबको रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका डा बसन्तराज जोशीले जानकारी दिए।
उनको थ्रोट स्वाबको नमुना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको थियो।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित