कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार नाघ्यो, १९ लाख १९ हजार भन्दा बढी संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं: हालसम्म विश्वभरीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १९ हजार ६ सय ६६ रहेको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १९ हजार बढी रहेको छ ।
चीनबाट शुरु भएको कोरोना संक्रमणका कारण अमेरिकामा धेरै मानिसले ज्यान गुमाएका छन्। अमेरिकामा मात्रै २३ हजार बढी मानिसले ज्यान गुमाएको बताइएको छ । यसैगरी ५ लाख बढी मानिस संक्रमित भएका छन्। यो संख्या बढ्दो छ ।
विश्वभरीमा चार लाख ४५ हजार बढी मानिस उपचारपछि निको भएर घर गएका छन्। कोरोनाका कारण इटालीमा २० हजार ४ सय ६५ जनाको ज्यान गएको छ । यसैगरी एक लाख ५९ हजारभन्दा बढी संक्रमित भएका छन् ।
संक्रमणबाट स्पेनमा १७ हजार ७ सय र फ्रान्समा १४ हजार ९ सयभन्दा बढीको ज्यान गएको छ । बेलायतमा पनि ११ हजार ३ सय २९ जनाको मृत्यु भएको छ । त्यसैगरी जर्मनीमा ३ हजार १ सय ९४, नेदरल्याण्डमा दुई हजार ८ सय र बेल्जियममा ३ हजार ९ सयभन्दा बढीले ज्यान गुमाएका छन् । इरानमा कोरोना संक्रमणबाट ४ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यस्तै, भारतमा संक्रमितको संख्या बढेर १० हजार ४ सय ५३ पुगेको छ भने सामबारसम्म ३ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् ।यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ४ सय ९६ पुगेको छ भने ९३ जनाले ज्यान गुमाएका छन् । उता बंगलादेशमा ५ जनाको मृत्यु भएको छ भने १ सय ८२ जना नयाँ संक्रमित भेटिएका छन्। बंगलादेशमा सोमबारसम्म मृतकको संख्या ३९ पुगेको छ।
नेपालमा हालसम्म १४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा