कोरोनाका नयाँ संक्रमित सेती प्रादेशिक अस्पतालमा
हेल्थ टिभी अनलाइन\धनगढी : कोरोना भाइरसका बिरामीको उपचार भइरहेको सेती प्रादेशिक अस्पताल धनगढीमा एकजना संक्रमित थपिएका छन्। यससँगै यो अस्पतालमा उपचाररत कोरोना संक्रमितको संख्या पाँच पुगेको छ ।
अस्पतालले सोमवार अपराह्न सार्वजनिक गरेको सूचनामा अस्पतालमा उपचाररत पाँचैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरिएको छ। सोमवार मात्रै कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएका लम्कीचुहा नगरपालिका—१ की ५२ वर्षीया महिलालाई सेती प्रदेशिक अस्पतालमा दिउँसो पुर्याइएको थियो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको जाँचमा उनको नतिजा पोजेटिभ आएको हो। यसअघि उनको र्यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ देखिएको थियो। यही चैत १८ गते उनी श्रीमान्, दुई नातिनातिनासहित वीरगञ्जबाट बसमार्फत कैलालीको लम्की पुगेकी थिइन्। उनका छोराबुहारी भने भारतमा रहेको जनाइएको छ ।
बसबाट लम्की झरेका उनीसमेत १७ जनालाई त्यसै दिन नजिकैको क्वारेन्टाइनमा राखिएको थियो । र्यापिड डाइग्नोसिस टेष्टको नतिजा नेगेटिभ आएपछि चैत २९ गते उनीहरूलाई घर पठाइएको थियो।हालसम्म अस्पतालबाट प्रयोगशाला जाँच गरिएकामध्ये कोभिड—१९ को पोजेटिभ पाँचजनामा देखिएको छ। ९८ जनाको नतिजा नेगेटिभ आएको र १९ जनाको नतिजा आउन बाँकी रहेको समेत उल्लेख गरिएको छ।




डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित