भक्तपुरका आठ अस्पतालमा ९८ आइसोलेसन
भक्तपुर\हेल्थ टिभी अनलाइन : जिल्ला स्वास्थ्य कार्यालयले कोरोना संक्रमणलाई दृष्टिगत गर्दै जिल्लामा रहेका अस्पतालको अवस्था र तयारीबारे अनुगमन थालेको छ।
स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजार नेतृत्वको टोलीले कारोना संक्रमणको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पताल दूधपाटी, डा. इवामुरा अस्पताल सल्लाघारी, सिद्धि स्मृति अस्पताल जगाती र केएमसी अस्पताल दुवाकोटको स्थलगत अनुगमन गरेको छ ।
भक्तपुरका आठवटा अस्पतालमा ९८ शय्याको आइसोलेशन वार्ड तयार गरेको उनले बताए। हाल भक्तपुर अस्पतालमा १०, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ठिमीमा ६ र मध्यपुर अस्पताल ठिमीमा प्रस्तावित आठ शय्याको आइसोलेसन वार्ड तयार गरिएको छ।
काठमाडौं मेडिकल अस्पताल दुवाकोट शाखामा ७२, डा. इवामुरा मेमोरियलमा ६, नागरिक अस्पताल गठ्ठाघरमा तीन र सिद्धि स्मृति अस्पतालमा एक र क्यान्सर अस्पताल दूधपाटीमा प्रस्तावित पाँच गरी ९८ शय्याको वार्ड तयार गरेको स्वास्थ्य प्रमुख मिजारले जानकारी दिए।
यसैगरी यिनै अस्पतालहरूको समन्वयमा थप २७ श्ययाको आइसोलेशन वार्डसमेत विस्तार गर्न सकिने अवस्था रहेको उनको भनाइ छ। यी अस्पतालमा २३ शय्याको आईसीयू सञ्चालनको तयारी अवस्थामा रहेको र बाँकी १६ श्यया सञ्चालनका लागि प्रस्तावित अवस्थामा रहेका छन्।
जिल्लाको हब अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले आवश्यकता परे सबै अस्पतालले आइसोलेसन शय्या बढाउन सकिने गरी तयारी अघि बढाएको जानकारी दिइन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा