२४ घण्टामा ७९५ को परीक्षण, तीन जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं: नेपालमा हालसम्म पीसीआर प्रविधिबाट ५ हजार १ सय ८४ जनाको कोरोना नमुना परीक्षण गरिएको छ । यसैगरी र्यापिड डाइग्नोष्टिक किट मार्फत ३ हजार ३ सय २१ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
२४ घण्टामा ७ सय ९५ जनाको परीक्षण भएको र ती मध्ये ३ जनामा संक्रमण देखिएको डा देवकोटाले जानकारी दिए । आज कोरोना संक्रमण पुष्टि भएकाहरु भारतीय हुन्। ३७, ४४ र ५५ वर्षका पुरुषमा कोरोना पोजटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना पुष्टि भएकाको संख्या १२ पुगेको छ ।
पर्साको बिरगंज महानगरपालिका छपकैयास्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जनामा कोरोना देखिएको हो । उनीहरुलाई नारायणी अस्पतालमा आइसोलेसनमा राखिएको छ ।
आजसम्म क्वारेन्टाइनमा रहेकाको संख्या ७ हजार ९ सय ९३ छ । यसैगरी विभिन्न अस्पतालमा आइसोलेसनमा रहेकाहरुको संख्या ८५ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा