डडेल्धुरा अस्पतालबाट भागेका दुबै जनाको रिपोर्ट ‘नेगेटिभ’
हेल्थ टिभी अनलाइन \डडेल्धुरा: डडेल्धुरास्थित डडेल्धुरा अस्पतालबाट भागेका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको छ।
कोरोनाको आशंका गरिएका उनीहरु भागेपछि अस्पतालमा खैलाबैला मच्चिएको थियो । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले उनीहरुको नमुना परीक्षण गर्न काठमाडौं पठाइएको र आज रिपोर्ट नेगेटिभ आएका बताए ।
कोरोना संक्रमणको आशंकामा डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएका उनीहरु शनिबार दिउँसो अस्पतालबाट भागेका थिए। उनीहरु कुनै जानकारी बिना अस्पतालबाट गएको डा विष्टले जानकारी दिए ।
उनीहरु चैत २५ गते अस्पतालमा भर्ना भएका थिए। दुवै जनामा ज्वरो र सुख्खा खोकी पाइएपछि कोरोना संक्रमणको आशंकामा सोही दिन स्वाब परीक्षणका लागि नमुना संकलन गरेर चैत २६ गते काठमाडौं पठाइएको थियो।
अस्पतालबाट भागेका उनीहरूहरु भागेश्वर गाउँपालिका ३ नानीगाडका स्थानीय हुन्। उनीहरू आमा–छोरा रहेको पनि अस्पतालले जनाएको छ । केही दिनअघि मात्र छोरा भारतबाट आएको बताइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा