नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि, तीनैजना भारतीय नागरिक
हेल्थ टिभी अनलाइन\ काठमाडौं: नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।तर उनीहरु तीनैजना भारतीय नागरिक हुन् । उनीहरु भारतबाट आएर केही दिनदेखि वीरगञ्जमा बस्दै गरेको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार रातीसम्म गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो ।उनीहरुको परीक्षण यसअघि हेटौंडास्थित प्रयोगशालामा भएको थियो । त्यहाँ उनीहरुमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।
अब योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १२ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा