बाँकेको खजुरामा कोरोना विशेष अस्पताल
हेल्थ टिभी अनलाइन\बाँके : प्रदेश ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिने बताएका छन्।
बाँकेमा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको तयारी तथा बाँकेको खजुरास्थित कोरोना विशेष अस्पताल सञ्चालन अवस्थाको जानकारी लिँदै भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले कोरोना भाइरस संक्रमण रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे।
मन्त्री चौधरीका अनुसार खजुरामा तयार भएको कोरोना विशेष अस्पताल सञ्चालनका लागि आवश्यक सामग्री प्रदेश सरकारले उपलब्ध गराउने छ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रदेश ५ सरकारको निर्णयानुसार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना अस्पतालमा ६ शय्याको सघन उपचार कक्ष, तीन शय्यामा भेन्टिलेटर र साधारण ४० शय्या रहनेछन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा