Health TV Online
Health TV Online

अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको मृत्यु

अमेरिकामा एकै दिनमा दुई हजार १०८ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणका कारण संयुक्त राज्य अमेरिकामा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै दुई हजार १०८ व्यक्तिको मृत्यु भएको छ।

एकै दिनमा दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु हुने अमेरिका पहिलो मुलुक बनेको जोन हकिन्स विश्वविद्यालयले जनाएको हो।

अमेरिकामा कोभिड–१९ को संक्र्रमणबाट १८ हजार ५८६ जनाको मृत्यु भएको छ । अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या इटलीको नजिक पुगेको छ।

इटलीमा शनिबारसम्म १८ हजार ८४९ व्यक्तिको मृत्यु भएको छ। स्पेनमा १६ हजार ३५३ जनाको ज्यान गएको छ। यसैगरी फ्रान्समा १३ हजार १९७, बेलायतमा आठ हजार ९५८, इरानमा चार हजार २३२ र बेल्जियममा तीन हजार ३४६ जनाको मृत्यु भएको जनाइएको छ। चीनमा तीन हजार ३३९, जर्मनीमा दुई हजार ७३६ र नेदरल्याण्डमा दुई हजार ५११ जनाको मृत्यु भएको राससको समाचारमा उल्लेख  छ।

थप समाचार