दुई कोरोना संक्रमित केही दिनमै डिस्चार्ज हुने
हेल्थ टिभी अनलाइन\काठमाडौं : टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोनाका दुई संक्रमित केही दिनभित्र अस्पतालबाट डिस्चार्ज हुने भएका छन्।
नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने जानकारी दिएका हुन्। उनले अस्पतालमा रहेका आठैजनाको अवस्था सामान्य रहेको बताए।
यता टेकु अस्पतालले पनि उपचारको क्रममा रहेका सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गर्ने जानकारी अस्पतालले दिएको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा