Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम ‘उत्साहजनक’

कोरोना भाइरसविरुद्धको औषधि परीक्षणको परिणाम ‘उत्साहजनक’

कोरोना भाइरस संक्रमणपछि हुने कोभिड १९ का बिरामीहरूमा गरिएको एउटा औषधिको प्रारम्भिक परीक्षणले ‘उत्साहजनक’ नतिजा देखाएको विवरण सार्वजनिक गरिएको छ।

अमेरिकी औषधि निर्माता कम्पनी गिलियड साइन्सेसका अनुसार ५३ जना कोभिड १९ का बिरामीमा गरिएको औषधिको परीक्षणले सकारात्मक परिणाम दिएको हो।

उनीहरूलाई भाइरसविरुद्ध प्रयोग गर्ने गरिएको ‘रेम्डेसिभिर’ नामक ‍औषधि दिइएको थियो। उनीहरूमध्ये दुई तिहाइलाई रेम्डेसिभिरले फाइदा गरेको बताइएको छ।

‘सुखद परिणाम’

परीक्षणमा सहभागी ३० बिरामीमध्ये १७ जनालाई त्यो औषधि दिइएपछि उनीहरूको अवस्थामा सुधार भएको थियो र उनीहरूलाई सास फेर्न सहज बनाउने भेन्टिलेटरबाट निकालिएको थियो।

त्यो अध्ययनमा सहभागी वैज्ञानिकहरूले परीक्षणको परिणामलाई सुखद र आशायुक्त भनेका छन्। तर उनीहरूले थप अध्ययन र तथ्यांक उपलब्ध भएपछि मात्र सही निष्कर्षमा पुग्न सकिने बताएका छन्।

रेम्डेसिभिर औषधिको बृहत्तर परीक्षणको परिणाम आउने केही सातामा आउन लागेको छ।

वृहत् परीक्षण

यसअघि रेम्डेसिभिर औषधिको अर्को परीक्षण यूकेको इङ्गल्याण्ड र स्कटल्यान्डमा शरु गर्न लागिएका विवरण सार्वजनिक भएका थिए।

सरकारले अनुमति दिएपछि त्यहाँका १५ वटा स्वास्थ्य संस्थामा त्यसको परीक्षण थाल्न लागिएको घोषणा दुई साता अघि भएको थियो।गिलियडले यूकेमा कोभिड १९ का सामान्य लक्षण भएका बिरामीमा त्यसको परीक्षण गर्न लागेको हो।

त्यसको नेतृत्व संक्रमक रोगका परामर्शदाता डाक्टर एन्ड्रु युस्टियानोस्कीले गर्न लागेका छन्। त्यो औषधिको चीनमा पनि परीक्षण जारी रहेको बताइएको छ।

बीबीसी

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन