वीर अस्पतालपछि शुक्रराज ट्रपिकल अस्पतालमा पनि कोरोना परीक्षण शुरु हुँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले आइतबारदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना परीक्षण शुरु गर्ने जनाएको छ। शनिबार भएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले टेकुको शुक्रराज अस्पतालमा पनि परीक्षण शुरु गर्न लागेको जानकारी दिए । योसँगै कोरोना परीक्षण अब १३ स्थानबाट हुनेछ ।
सरकारले यसअघि शुक्रबार मात्रै वीर अस्पतालबाट ‘रियल टाइम पीसीआर’ प्रविधिबाट कोरोना परीक्षण गर्न शुरु गरिसकेको छ । वीरमा शुक्रबार चार जनाको परीक्षण भएको थियो । उनीहरु चारै जनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ। प्रवक्ता देवकोटाले अन्य स्थाहरुमा पनि पीसीआर प्रविधिबाट कोरोना परीक्षणका लागि पहल भइरहेको जानकारी गराए ।
हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वीरमा परीक्षण हुँदे आएकोमा अब टेकु अस्पतालसहित तीन स्थानबाट परीक्षण गर्न सकिनेछ । उता पाटन अस्पतालमा पनि यसको तयारी भइरहेको बताइएको छ । हालसम्म कोरोनाको आशंकामा ४ हजार ४ सय २६ जनाको परीक्षण भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा