हालसम्म ४ हजार ४ सय २६ जनाको परीक्षण, नयाँ संक्रमित थपिएका छैनन्
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोनाको आशंकामा दैनिक ७ सय बढी परीक्षण गर्दा पनि नयाँ संक्रमित देखिएका छैनन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्दै आएको मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त कुरा बताएका हुन्।
उनले सरकारले कोरोना परीक्षणको दायरा सातै प्रदेशमा पुर्याएको र दैनिक रुपमा ७ सय बढी कोरोनाको नमुना परीक्षण गर्दा समेत हालसम्म नयाँ संक्रमित फेला नपरेको बताए । उनले भने, ‘क्वारेन्टाइनमा रहेका धेरैको १४ दिनको बसाई समेत पूरा भइसकेको छ तर उहाँहरु कसैमा पनि अहिलेसम्मको रिपोर्टमा कोरोना देखिएको छैन्। यो हामी सबैका लागि खुशीको कुरा हो ।’ उनले कोरोना रोकथाम र नियन्त्रणको निर्विकल्प उपाय भनेकै लकडाउन भएकाले अझै केही समय धैर्य गरेर घरभित्रै बसिदिन आग्रह गरे ।
शनिबार बिहानसम्म देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा ८२ जना उपचारमा रहेको पनि उनले जानकारी दिए । यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या आज ८ हजार ८२ छ । यो संख्या पनि घट्दो छ । २४ घण्टामा ८ सय ९७ जनाको नमुना परीक्ष ण गरिएको थियो । सबैजनाको रिपोर्ट नेगेटिभ आएको डा देवकोटाले जानकारी दिए । उनले अझै केही दिनसम्म नयाँ संक्रमित नदेखिए फरक रणनिती बनाएर अघि बढ्ने समेत जानकारी दिए ।





आईसीयूमा बिरामीको अन्तरवार्ता लिएको विषय संसद्मा
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम